भित्तेपात्रो प्रकाशन सम्बन्धमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सूचना

यस नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार समितिको स्वीकृति बिना पञ्चाङ्ग तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने भएको हुँदा प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिएर मात्र प्रकाशन गर्नुहोला । स्वीकृतिका लागि पञ्चाङ्ग निर्णायक विकास समिति सञ्चालन दिग्दर्शन २०७९ को दफा २५ को उपदफा २, ३, ४ अनुसार निम्न लिखित शुल्क जम्मा गर्नुपर्नेछ ।

क) मूल्य राखी बिक्री वितरण गर्ने भित्तेपात्रोलाई रू. १०,०००/–

ख) मूल्य नराखी वितरण गर्ने भित्तेपात्रोलाई रू. ५,०००/–

ग) शैक्षिक संस्थाले आन्तरिक प्रयोजनको लागि प्रकाशन गर्ने भित्तेपात्रोलाई रू. २०००/–

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

बैंक : सिद्धार्थ बैंक लि., हात्तीसार शाखा

खाता नं. : ००११५४३२८६३

Nepal Panchanga Nirnayak Bikash Samiti

Bank: Siddhartha Bank Ltd. Hattisar Branch

A/C No.: 00115432863

समितिको स्वीकृति बिना प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोलाई आवश्यक कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

थप जानकारी चाहिएमा सम्पर्क नम्बरहरू : ०१–४५१९०९३, ९८४१६८८८८९, ९८४९२६६४६०

202401281954-1448x2048