नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सूचना

वि.सं २०८१ सालको नेपाल देशभरि लागू हुने पञ्चाङ्ग पात्रो प्रकाशन गर्न चाहने पञ्चाङ्गकारले सूर्य सिद्धान्तको मूल सूत्रबाटै ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषयहरू समावेश भएको पञ्चाङ्ग गणना गरी नियमबमोजिमको दस्तुर सहित यही २०८० श्रावण मसान्तसम्म यस नारायणहिटी दरबार परिसरभित्र रहेको समितिको कार्यालयमा बुझाउन समस्त पञ्चाङ्गकारहरूमा अनुरोध गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश अनुसार समितिको स्वीकृति बिना पञ्चाङ्ग प्रकाशन गर्न पाइने छैन । स्वीकृति बिना प्रकाशन गरेको पाइएमा नियम बमोजिम आवश्यक कार्यवाही हुनेछ ।

नयाँ पञ्चाङ्गकारहरूको हकमा आफैले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र 

वि.सं. २०८१ को गणनाको सबै आधार र गणित पनि पेश गर्नु पर्नेछ । म्याद नाघी पेश भएका वा अङ्ग नपुगेका पञ्चाङ्गहरूलाई स्वीकृति प्रदान गरिने छैन । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले पनि यस समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्न पाइने छ । नयाँ पञ्चाङ्गकारको हकमा समितिले निर्धारण गरेको शुल्क बुझाएर पेश गर्न सकिने छ ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

नारायणहिटी दरबार परिसर, काठमाडौ

फोन नं. ०१–४५१९०९३

202307170838