नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सूचना

यस समितिको गठन आदेश २०७७ र तत्सम्बन्धी बनेका नियमहरू/कार्यविधिका आधारमा नेपालबाट प्रकाशित हुने पात्रो (पञ्चाङ्ग), गोजीपात्रो, भित्तेपात्रो, डिजिटल माध्यमबाट सार्वजनिक हुने पात्रोसम्बन्धी एपलगायत सबै प्रकारका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोहरू नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्न पाइनेछ । यसबमोजिम २०८० सालको पात्रो(पञ्चाङ्ग)हरू स्वीकृति लिएर प्रकाशित भइसकेका छन् । भित्तेपात्रोहरू नेपाल सरकारबाट सार्वजनिक बिदा स्वीकृत भएपछि मात्र प्रकाशन गर्न पाइनेछ । तसर्थ, २०८० सालको पञ्चाङ्गसम्बन्धी एप, गोजी पात्रो, भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति एवं संस्थाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट अनिवार्य स्वीकृति लिएर मात्र प्रकाशन गर्नुपर्नेछ । भित्तेपात्रो प्रकाशनका लागि आवश्यक सामग्री समितिले उपलब्ध गराउनेछ ।

गोजीपात्रो, भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति तथा संस्थाले तल उल्लिखित प्रयोजन खुलाई यस समितिको सिद्धार्थ बैंक, हात्तीसार शाखामा प्रकाशन अनुमतिका लागि डेटप्याड शुल्क बुझाएको भौचरसहित निवेदन दिनुपर्नेछ । टाढा भएका व्यक्ति तथा संस्थाहरूले अनलाइनमार्फत् पनि निवेदन दिन सक्नुहुनेछ । यस्ता ग्राहकहरूलाई अनलाइनमार्फत् नै स्वीकृतिपत्र प्रदान गरिनेछ । 

प्रकाशन गरिने गोजीपात्रो, भित्तेपात्रो एवं एपको सिरानमा ’नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त’ भन्ने वाक्य र स्वीकृतिको चलानी नम्बर अनिवार्यरूपमा लेख्नुपर्नेछ । स्वीकृति नलिई प्रकाशन गरेको पाइएमा नियमानुसार आवश्यक कार्यवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । विशेष जानकारी आवश्यक भएमा समितिको कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिन्छ । 

प्रयोजन —

क मूल्य निर्धारण भई प्रकाशित हुने भित्तेपात्रोलाई रू. १०,०००/–

क मूल्य निर्धारण नगरी प्रकाशित हुने भित्तेपात्रोलाई रू. ५,०००/–

क समुदायलाई लाभ हुने सूचनासहित प्रकाशन हुने सामुदायिक एवं शैक्षिक संघ–संस्थाले आन्तरिक प्रयोजन हुने भित्तेपात्रोलाई रू. २०००/–

बैंक सिद्धार्थ बैंक, हात्तीसार शाखा

खाता नं. ००११५४३२८६३

इमेल: npns2025@gmail.com

फोन/मोबाइल नं. ०१–४५१९०९३, ९८४१६८८८८९, ९८४९२६६४६०

वेबसाइट लिङ्क: https://npns.gov.np/calendar/permission

202301301051