नेपाल संवत् सम्वन्धी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको विज्ञप्ती

नेपाल संवत् को मिति लेख्दा निम्नलिखित कुराको आधारमा लेख्न सकिने छ ।

१.   नेपाल संवत् कार्तिक शुक्ल प्रतिपदा तिथिबाट शुरू भई कार्तिक कृष्ण अमावस्या तिथिमा वर्ष पूर्ण हुन्छ ।

२.   यसमा प्रत्येक महिना परेवा तिथिबाट शुरू भई औंसी तिथिमा पूर्ण हुन्छ ।

३.   गतेको साथै तिथि लेख्नु पर्ने भएकोले कुनै पक्षमा एक/दुई तिथि टुट्ने(घट्ने) र कुनै पक्षमा एउटै तिथि बढी अर्थात दु दिन पनि पर्न सक्दछ ।

४.   तिथि संख्या १५।१५ दिनमा दोहोरिने हुन्छ ।

५.   तिथि कहिले टुट्ने र कहिले बढ्ने हुँदा कहिले एउटै तिथि २ दिन लेख्नु पर्ने र कुनै तिथि लोप हुनेहुँदा दिन पक्डनका लागि बार पनि अनिवार्य लेख्नुपर्छ ।

६.   साल लेख्दा कार्तिक शुक्ल परेवाबाट नेपाल सम्वत् ११४५ सुरू भएकोले अर्को सालको कार्तिक कृष्ण अमावस्यासम्म नै सोही संवत् हुन्छ ।

७.   पक्ष लेख्दा कार्तिक शुक्ल पक्षला कछलाथ्व, मार्ग कृष्ण पक्षला कछलागा, मार्ग शुक्ल पक्षला थिंल्लाथ्व, पौष कृष्ण पक्षला थिंल्लागा, पौष शुक्ल पक्षला पोहेलाथ्व, माघ कृष्ण पक्षला पोहेलागा, माघ शुक्ल पक्षला सिल्लाथ्व, फाल्गुनकृष्ण पक्षला सिल्लागा, फाल्गुन शुक्लपक्षला चिल्लाथ्व, चैत्र कृष्ण पक्षला चिल्लागा, चैत्र शुक्लपक्षला चौलाथ्व, वैशाख कृष्णपक्षला चौलागा, वैशाख शुक्लपक्षला वछलाथ्व, ज्येष्ठ कृष्णपक्षला वछलागा, ज्येष्ठ शुक्ल पक्षला तछलाथ्वः आषाढकृष्ण पक्षला तछलागा, आषाढ शुक्लपक्षला दिल्लाथ्व, श्रावण कृष्णपक्षला दिल्लागा, श्रावण शुक्लपक्षला गुंलाथ्व, भाद्र कृष्णपक्षला गुंलागा, भाद्र शुक्लपक्षला ञँलाथ्व, आश्विन कृष्णपक्षला ञँलागा, आश्विन शुक्लपक्षला कौलाथ्व, कार्तिक कृष्णपक्षला कौलागा लेखिन्छ । अधिक मासमा शुक्लपक्षला अनलाथ्व र कृष्णपक्षला अनलागा भनिन्छ ।

८.   तिथि लेख्दा परेवा ला , द्वितीयाला , तृतीयाला , चौथीला , पञ्चमीला , षष्ठीला , सप्तमीला , अष्टमीला , नवमीला , दशमीला १०, एकादशीला ११, द्वादशीला १२, त्रयोदशीला १३, चतुर्दशीला १४ पूर्णिमाला १५ र औंसीला ३० लेख्नुपर्दछ ।

९.   २०८१ वैशाख १ गते देखि २०८१ चैत्र मसान्तसम्म (नेपाल संवत् ११४४ -११४५) को मितिका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

Download

202404161652