२०८१ सालको बडादशैंसँग सम्बन्धित साइतहरू

विक्रम संवत् २०८१ सालको बडादशैंको शुभोपलक्ष्यमा गरिने विभिन्न कृत्यहरूको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्णीत शुभसाइतहरू निम्नानुसार रहेको व्यहोरा प्रस्तुत गरिनुका साथै यस समितिको तर्फबाट बडादशैं २०८१ को शुभकामना समेत व्यक्त गर्दछौं ।


२०८१ सालको बडादशैंसँग सम्बन्धित साइतहरू


१) वि.सं. २०८१ साल असोज १७ गते, बिहीबार – नवरात्रारम्भ, घटस्थापना (बिहान ९ः१६ बजे)

२) वि.सं. २०८१ साल असोज १८ गते शुक्रबार झण्डा फेर्ने (पश्चिम मोहडा) (बिहान ९ः१४ बजे)

३) वि.सं. २०८१ साल असोज २२ गते मङ्गलबार श्री पचलीभैरव यात्रा

४) वि.सं. २०८१ साल असोज २४ गते, बिहीबार फूलपाती,

क) श्री तुलजाभवानी यात्रा (बिहान ७ः११ बजे),

ख) स्थिरासन (बिहान ८ः४३ बजे)

५) वि.संं. २०८१ साल असोज २५ गते, शुक्रबार महाष्टमी, महानवमी

६) वि.सं. २०८१ साल असोज २६ गते, शनिबार विजया दशमी, देवी विसर्जन (बिहान ८ः३३ बजे),

क) टीका (पूर्व मोहडा) (टिका लगाइमाग्ने पूर्व फर्किने) (बिहान ११ः३६ बजे)

ख) श्री तुलजाभवानी यात्रा (बिहान ११ः५७ बजे)

ग) स्थिरासन (दिउँसो १२ः५६ बजे)

घ) खड्गयात्रा

७) वि.सं. २०८१ साल असोज ३० गते बुधबार अखिलबलिपूर्ति

८) वि.सं. २०८१ साल असोज ३० गते बुधबार कोजाग्रत व्रत


सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता पर्दैन ।

202409202022