पञ्चाङ्ग, पात्रो प्रकाशन सम्बन्धमा समितिको सूचना

वि.सं २०८१ सालको नेपाल देशभरि लागूहुने पञ्चाङ्ग पात्रो प्रकाशन गर्न चाहने पञ्चाङ्गकारले सूर्य सिध्दान्तको मूल सूत्रबाटै ग्रहस्पष्टीकरण, ग्रहको उदय अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषयहरू समावेश भएको पञ्चाङ्ग गणना गरी नियमबमोजिमको दस्तुर सहित यही २०८० श्रावण मासान्तसम्म यस नारायणहिटी दरवार परिसर भित्र रहेको समितिको कार्यालयमा बुझाउन समस्त पञ्चाङ्गकारहरूमा अनुरोध गरिन्छ ।

   नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश अनुसार समितिको स्वीकृति विना पञ्चाङ्ग प्रकाशन गर्न पाइने छैन। स्वीकृति विना प्रकाशन गरेको पाइएमा नियम बमोजिम आवश्यक कार्यवाही हुने छ ।

   नयाँ पञ्चाङ्गकारहरूको हकमा आफैले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र वि.सं. २०८१ को गणनाको सबै आधार र गणित पनि पेश गर्नु पर्नेछ । म्यादनाघी पेश भएका वा अंग नपुगेका पञ्चाङ्गहरूलार्इ स्वीकृति प्रदान गरिने छैन । भित्ते पात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले पनि यस समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्न पाइने छ । नयाँ पञ्चाङ्गकारको हकमा समितिले निर्धारण गरेको शुल्क बुझाएर पेश गर्न सकिने छ ।