पञ्चाङ्ग प्रकाशन समय तालिका

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र यससित सम्बद्घ पञ्चाङ्गकारहरूले नेपालको आवश्यकता र जनचाहनालाई समेत हृदयङ्गम गरी वि.सं. २०८० सालको पञ्चाङ्ग सकभर छिटो प्रकाशन गर्नु पर्ने भएकोले निम्न तालिका अनुसार पञ्चाङ्गकारहरूले काम गर्न कामको विवरण, मिति र समय चयन गरिएको छ ।

पञ्चाङ्ग रूजु र छलफल

२०७९ मार्ग ११ गते देखि मार्ग २० गते सम्म

विहान ११ः३० देखि ३ः०० बजे सम्म

मुहूर्त निर्माण, निर्णय र अन्य पञ्चाङ्गमा समावेश गर्ने विषयवस्तुको तयारी

२०७९ मार्ग २६ गते देखि मार्ग २९ गते सम्म

विहान ११ः३० देखि ३ः०० बजे सम्म

अन्तिम रूजु समाप्ति

२०७९ पौष ३ गते देखि पुस ९ गते सम्म

विहान ११ः३० देखि ३ः०० बजे सम्म

२०८० सालको पञ्चाङ्ग स्वीकृति प्रदान

२०७९ पौष १४ गते

विहान ११ः३० देखि ३ः०० बजे सम्म

२०८० सालको पञ्चाङ्ग प्रकाशन

२०७९ माघ १५ गते

द्रष्टव्यः

(क) कुनै पनि पञ्चाङ्गकारले आफू अनुपस्थित भएका बखत समितिमा भए गरेका निर्णयहरूको जानकारी पञ्चाङ्ग प्रकाशनको स्वीकृतिपत्र प्रदान भए पछि मात्र लिन सकिने छ ।

(ख) अघिल्लो दिन भए गरेका निर्णयहरू मध्ये त्रुटि भएको निर्णय वाहेक पुन दोह¥याई पञ्चाङ्ग संशोधनको कार्यलाई विथोल्न पाइने छैन ।

(ग) पञ्चाङ्ग सम्बन्धी रूजु, छलफल र परिस्कारका दिन सवै पञ्चाङ्गकारहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ ।