वि.सं २०८० सालको पञ्चाङ्ग प्रकाशन सम्बन्धमा

बुध, सावन ४, २०७९ (3 weeks ago)

वि.सं. २०८० सालकोलागि नेपाल देशभरि लागू हुने पञ्चाङ्ग प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले सूर्य सिद्धान्तको मूल सुत्रबाटै ग्रहस्पष्टीकरण, ग्रहको उदय अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषयहरू समावेश भएको पञ्चाङ्ग गणना गरी यही २०७९ श्रावण मासान्तसम्म यस समितिको नारायणहिटी दरवार परिसरभित्र रहेको कार्यालयमा बुझाउन समस्त पञ्चाङ्गकारहरूमा अनुरोध गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश अनुसार समितिको स्वीकृति विना प्रकाशित पञ्चाङ्ग तथा क्यालेण्डरलाई नियम बमोजिम आवश्यक कार्यवाही समेत हुनसक्ने छ ।

नयाँ पञ्चाङ्गकारहरूको हकमा आफैले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र वर्तमान वर्षको गणनाको सबै आधार र गणित पनि पेश गर्नु पर्नेछ । म्याद नाघी पेश भएका वा अङ्ग    नपुगेका पञ्चाङ्गहरूलाई स्वीकृति प्रदान गरिने छैन । भित्ते पात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले पनि यस समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्न पाइने छ ।

वि.सं २०८० सालको पञ्चाङ्ग प्रकाशन सम्बन्धमा