२०७८ सालको बडादशैंसँग सम्बन्धित साइतहरू
मंगल, असोज १९, २०७८ (10 months ago)
१) वि.सं. २०७८ साल असोज २१ गते, बिहिवार – नवरात्रारम्भ, घटस्थापना बिहान ११।४६ बजे
(यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकोले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिन्छ ) ।
२) वि.सं. २०७८ साल असोज २२ गते शुक्रवार– झण्डा फेर्ने, बिहान ११।५६ बजे । (पश्चिम मोहडा)
३) वि.सं. २०७८ साल असोज २५ गते सोमवार – श्री पचलीभैरव यात्रा ।
४) वि.सं. २०७८ साल असोज २६ गते, मङ्गलवार – फूलपाती, श्री तुलजाभवानी यात्रा, बिहान ७।११ बजे
स्थिरासन बिहान ८।४४ बजे ।
५) वि.संं. २०७८ साल असोज २७ गते, बुधवार – महाष्टमी, कालरात्रि ।
६) वि.सं. २०७८ साल असोज २८ गते, बिहिवार– महानवमी
७) वि.सं. २०७८ साल असोज २९ गते, शुक्रवार विजया दशमी, देवी विसर्जन बिहान ८।१९ बजे ।
टीका बिहान १०।२ बजे (पूर्व मोहडा) ।
श्री तुलजाभवानी यात्रा बिहान ७।१ बजे ।
स्थिरासन बिहान ८।३२ बजे, खड्गयात्रा ।
८) वि.सं. २०७८ साल कार्तिक २ गते,मङ्गलवार– अखिलबलिपूर्ति
९) वि.सं. २०७८ साल कार्तिक २ गते, मङ्गलवार– कोजाग्रत व्रत
