२०८२ सालको भाइटीकासँग सम्बद्ध दिन तथा मुहूर्त

विज्ञप्ति


वि.सं. २०८२ सालको भाइटीकासँग सम्बद्ध निम्नानुसार दिन तथा मुहूर्त रहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि विज्ञप्ति प्रकाशित गरिएको छ ।

१)  वि.सं. २०८२ साल कार्तिक ६ गते बिहीबार– भाइटीका (किजापूजा)को शुभसाइत बिहान ११ः३९ बजे रहेको छ । (टीका लगाइमाग्ने पश्चिम फर्किने)
२)  वि.सं. २०८२ को शुभदीपावली, नेपाल संवत् ११४६ को प्रारम्भ र छठ पर्वको उपलक्ष्यमा यो समिति समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गर्दछ ।

नोटः 
यी साइत नेपालका लागि मात्र हुन् । नेपालभन्दा बाहिरका मुलुकहरूमा यहाँको साइत हुबहु नमिल्ने हुँदा इष्टफल प्राप्तिका लागि तत् तत् स्थानको स्थानीय समयानुसार साइत निकालेर मात्र टीका लगाउनु पर्दछ ।