NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्दशी - २९

विज्ञप्ति

वि.सं. २०८३ सालको लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णय मुताविक नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गहरूका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही र अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितम्का आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो । वर्तमान पञ्चाङ्ग निर्णायक विकास समितिबाट २०८३ सालको पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्नु भनी सूचना जारी गरिएको थियो ।

     विविध कारणबाट पञ्चाङ्ग रुजु र छलफल गर्न ढिलाई भइसकेको र केतकी ग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने र थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाई भइसकेको हुँदा सेवाग्राहीहरूलाई समस्या पर्ने देखिएकाले वि.सं. २०८३ सालको पञ्चाङ्ग वि.सं. २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकार समेतको संयुक्त बैठक बसी निर्णय गरियो ।

साथै सौरोक्त पद्धतिबाटै समय सापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गरी गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वान्हरू आमन्त्रण गरी छलफल कार्य तत्काल अघि बढाउने निर्णय समेत गरियो ।