वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १
यस नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार समितिको स्वीकृति बिना पञ्चाङ्ग तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने भएको हुँदा प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिएर मात्र प्रकाशन गर्नुहोला । स्वीकृतिका लागि पञ्चाङ्ग निर्णायक विकास समिति सञ्चालन दिग्दर्शन २०७९ को दफा २५ को उपदफा २, ३, ४ अनुसार निम्न लिखित शुल्क जम्मा गर्नुपर्नेछ ।
क) मूल्य राखी बिक्री वितरण गर्ने भित्तेपात्रोलाई रू. १०,०००/–
ख) मूल्य नराखी वितरण गर्ने भित्तेपात्रोलाई रू. ५,०००/–
ग) शैक्षिक संस्थाले आन्तरिक प्रयोजनको लागि प्रकाशन गर्ने भित्तेपात्रोलाई रू. २०००/–
| नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति | |
| बैंक | सिद्धार्थ बैंक लि., हात्तीसार शाखा |
| खाता नं. | ००११५४३२८६३ |
| Nepal Panchanga Nirnayak Bikash Samiti | |
| Bank | Siddhartha Bank Ltd. Hattisar Branch |
| A/C No. | A/C No: 00115432863 |
समितिको स्वीकृति बिना प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोलाई आवश्यक कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
थप जानकारी चाहिएमा सम्पर्क नम्बरहरू :
०१–४५१९०९३, ९८४१६८८८८९, ९८४९२६६४६०