नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको रिक्त कार्यकारी निर्देशक पदको पदपूर्ति सम्बन्धमा।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले देहाय बमोजिमको योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस समितिको कार्यालय नारायणहिटी, काठमाडौंमा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. उम्मेदवारको योग्यता तथा अनुभवः
क) नेपाली नागरिक हुनुपर्ने
ख) पैँतीस वर्ष पूरा भई पैसट्ठी वर्ष उमेर ननाघेको
ग) मान्यता प्राप्त विश्वविद्यालयबाट ज्योतिषशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी पञ्चाङ्गकारको रूपमा कम्तीमा १० (दश) वर्ष वा सम्बन्धित क्षेत्रमा कम्तीमा १५ (पन्ध्र) वर्ष अनुभव हासिल गरेको
घ) कुनै विदेशी मुलुकको नागरिकता वा स्थायी÷अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा नलिएको ।

२.  पेश गर्नुपर्ने कागजातहरूः
क) अनुसूची–१ बमोजिमको ढाँचामा आवेदन फाराम
ख) अनुसूची–२ बमोजिमको स्व–घोषणा
ग) नेपाली नागरिकताको प्रमाणपत्रको छायाँप्रति
घ) शैक्षिक योग्यता प्रमाणपत्रको छायाँप्रति तथा विदेशी विश्वविद्यालयबाट अध्ययन गरेको भए समकक्षताको प्रमाणपत्र,
ङ) अनुभवको प्रमाणपत्र (अनुभवको विवरणमा काम गरेको संस्थाको नाम, काम गरेको अवधि वर्ष, महिना, दिनसमेत खुलाई पेश गर्नुपर्नेछ)
च) वैयक्तिक विवरण (बायोडाटा)
छ) नेपाली भाषामा कम्तीमा दुई हजार शब्दको सिलबन्दी गरिएको व्यावसायिक कार्ययोजना (तीन प्रति)
ज) दरखास्त दस्तुरवापत समितिको नाममा रहेको नेपाल बैङ्क लिमिटेड, पुतलीसडक, काठमाडौं शाखाको
खाता नं. ०३२००१०००६९१६२०००००१ मा रु.१५००/– (अक्षरेपि एक हजार पाँचसय मात्र) जम्मा गरेको भौचर

पुनश्च: (ग) देखि (ङ) सम्मका पेश भएका कागजातहरू नोटरी पब्लिकबाट प्रमाणित हुनु पर्नेछ ।

३. प्रस्तुतीकरण तथा अन्तर्वार्ता : दरखास्त स्वीकृत भई संक्षिप्त सूचीमा परेको उम्मेदवारहरूले तोकिएको स्थान, मिति र समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ ।
४. पारिश्रमिक तथा सुविधा : समितिको प्रचलित नियमानुसार
५. थप जानकारीका लागि श्री खिलहरी घिमिरे, मोबाइल नं. ९८४१६८८८९ मा सम्पर्क गर्न सकिनेछ ।

– छनोट समिति