NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वादशी - २७

वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू

वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू

विक्रम संवत् २०८२ सालको बडादशैंको शुभोपलक्ष्यमा गरिने विभिन्न कृत्यहरूको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्णीत शुभसाइतहरू निम्नानुसार रहेको व्यहोरा प्रस्तुत गरिनुका साथै यस समितिको तर्फबाट बडादशैं २०८२ को शुभकामना समेत व्यक्त गर्दछौं ।

१. वि.सं. २०८२ साल असोज ६ गते सोमवार नवरात्रारम्भ, घटस्थापना बिहान ९।१३ बजे 
२. वि.सं. २०८२ साल असोज ७ गते  मङ्गलवार झण्डा फेर्ने, बिहान ९।५३ बजे (पूर्व मोहडा)
३. वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा ।
४. वि.सं. २०८२ साल असोज १३ गते सोमवार
  • फूलपाती
  • श्री तुलजाभवानी यात्रा बिहान ७।१७ बजे
  • स्थिरासन  बिहान ९।२३ बजे
५. वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी,कालरात्रि
६. वि.सं. २०८२ साल असोज १५ गते बुधवार महानवमी
७. वि.सं. २०८२ साल असोज १६ गते बिहीवार
  • विजया दशमी, देवी विसर्जन, बिहान ९।२३ बजे 
  • टीका बिहान ११।५३ बजे (पूर्व मोहडा)
  • (टीका लगाइमाग्ने पूर्व फर्किने)
  • श्री तुलजाभवानी यात्रा,दिवा  १२।१९ बजे 
  • स्थिरासन  दिवा १।१७ बजे
  • खड्गयात्रा
८. वि.सं. २०८२ साल असोज २० गते सोमवार अखिलबलिपूर्ति
कोजाग्रतव्रत, पूर्णिमाव्रत

सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता पर्दैन ।