पञ्चाङ्ग प्रकाशन गर्न सम्बन्धी सूचना

वि.सं २०८४ सालको लागि समितिको स्वीकृति लिई पञ्चाङ्ग प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले गत वर्षअनुसार सौरोक्तपद्धतिबाट पञ्चाङ्गखण्डकेतकीय ग्रहगणितबाट अन्य ग्रहहरू गणना गरी राखिने सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग २०८३ असोज २० गतेसम्ममा नारायणहिटी दरबार परिसरभित्र रहेको समितिको कार्यालयमा बुझाउन पञ्चाङ्गकारहरूमा अनुरोध गरिन्छ ।

नयाँ पञ्चाङ्गकारहरूको हकमा समितिले अङ्गीकार गरेको सिद्धान्तबाट आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्गगणनाको गणित र २०८४ सालको पञ्चाङ्गगणनाको सबै आधार तथा खेस्रा गणितसमेत पेश गर्नुपर्नेछ । म्याद नाघी पेश भएका वा अङ्ग नपुगेका र समितिले अङ्गीका/नगरेका सिद्धान्तबाट गणना गरिएका पञ्चाङ्गहरूलाई स्वीकृति  प्रदान गरिने  छैन । भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले पनि समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुहुन अनुरोध गरिन्छ । समितिले निर्णय गरेका  चाडपर्व, जात्रालगायतका विवरणहरू फरक पर्न गई भ्रम पर्न जाने अवस्था देखिएमा प्रकाशित पञ्चाङ्ग तथा क्यालेण्डरलाई नियम बमोजिम आवश्यक कारबाहीसमेत हुने व्यहोरा सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।