२०८३ छठपर्वको शुभकामना सम्बन्धि सूचना
२०८३।०७।२७
ने.सं.११४७
छठपर्वको शुभकामना
आरोग्यं भास्करादिच्छेत् भनेर काम्य उपासनामा आरोग्यमय जीवनको कामना गर्नेले सूर्यको उपासना गर्नुपर्ने कुरा शास्त्रमा उल्लेख गरिएको पाइन्छ । वेदमा सूर्य आत्मा जगतस्तस्थुषश्च भनेर सूर्यलाई चराचर जगतकै आत्मस्वरूप मानिएको छ । सूर्यको अनुपस्थितिमा संसारको कल्पना पनि गर्न सकिँदैन । सनातन धार्मिक मान्यतामा सूर्यलाई पाँच प्रमुख देवताहरूमा राखेर पूजा गर्ने विशिष्ट परम्परा छ । सूर्यलाई नै प्रमुख देवता मानेर सूर्यपाञ्चायनको रूपमा पूजा गर्ने सभ्यता पनि सनातनीहरूमा छ । ज्योतिश्चक्रमा सूर्यकै उच्च स्थान छ । पहिला नेपालमा विशेष गरी तराईक्षेत्रमा भव्य र सभ्य रूपमा मनाइने छठ पर्व केही वर्षदेखि देशैभर उल्लासमय वातावरणमा मनाउन थालिएको छ । सूर्यको विशेष उपासनाका साथै छठीमाईकाेआराधना गरिने छठपर्वको पावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष
सहप्रा. डा. पुरूषोत्तम भट्टराई